काठमाडौँ – अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणको तयारी थालेको छ । यसका लागि मन्त्रालयले सबै मन्त्रालयसँग बजेट प्रस्ताव पठाउन आग्रह गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता सुमन दाहालकाअनुसार सबै मन्त्रालयले चैत दोस्रो सातासम्म प्रस्ताव पठाइसक्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


मन्त्रालयले आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दीगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ ।

दाहालका अनुसार मन्त्रालयहरूले यही चैत्र १५ गतेभित्रमा अर्थ मन्त्रालयमा बजेट प्रस्ताव गर्नुपर्ने कार्यतालिका रहेको छ।