काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठक सुरु भएको ७ मिनेटमै सकिएको छ ।


ADVERTISEMENT


बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख वा उपसभामुखको अनुपस्थिति मा बैठको अध्यक्षता गर्ने सदस्यलाई मनोनित गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसपछि संविधानसभा सदस्य निदेशचन्द्र यादवको निधनमा शोकप्रस्ताव पारित गर्दै बैठक सकिएको हो । बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।