काठमाडौँ – सरकारले दोस्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ ।


ADVERTISEMENT


गत माघ १४ देखि फागुन ११ गतेसम्म कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई फागुनबाटै दोस्रो मात्राको खोप लगाउने निर्णय सरकारले गरेको थियो । तर दोस्रो चरणका लागि खोप अभावका कारण कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


बुधवार बसेको मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो प्राथमिकताअन्तर्गत प्रथम र दोस्रो चरणमा खोप लगाएका व्यक्तिलाई बैसाखमा खोप लगाउने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग सहकार्य गरि निर्माण गरेको कोभिडशिल्ड खोप भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । पहिलो र दोस्रो प्राथमिकतामा परेकालाई मन्त्रालयले सोही खोप लगाएको थियो ।

पहिलो मात्रा लगाएपछि दोस्रो मात्राका लागि ४ हप्ता कुर्नुपर्छ । सोहीअनुसार पहिलो मात्रा लगाएको महीना दिनमा दोस्रो मात्राको खोप लगाउन शुरू गर्ने तयारी मन्त्रालयको थियो । तर समयमै खोप किन्न नसकेपछि उनीहरूलाई दोस्रो चरणको खोप बैसाख ७ देखि १० गतेसम्म लगाउने निर्णय मन्त्रालयले गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पहिलो चरणको खोप लगाएको २८ दिनपछि र ८४ दिनभित्र दोस्रो मात्राको खोप लगाइसक्नुपर्दछ । अर्थात् सरकारले बैसाखमा दोस्रो मात्राको खोप लगाइसक्नुपर्ने हुन्छ । समयमै दोस्रो मात्राको खोप नलगाएमा पहिलो मात्राले काम नगर्ने डब्लूएचओले बताएको छ ।