काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माओलीविरुद्ध एक हप्तामै अविश्वासको प्रस्ताव दर्ता गरिने दाबी गरेका छन् ।


ADVERTISEMENT


कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम विदाइमा सहभागी हुन बिहीबार विराटनगर पुगेका कोइरालाले विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने बताएका हुन् । उनले भने, ‘हप्ता दस दिनभित्रै अविश्वास प्रस्ताव दर्ता हुनसक्छ।’


ADVERTISEMENT

# # #


ओली सरकार असंवैधानिक भएको बताउँदै उनले जति टिक्न दियो त्यती नै देशलाई घाटा हुने जिकिर गरे ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर सरकारको नेतृत्व गर्ने बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा सरकार बनाएर आगामी मंसिरमा निर्वाचनमा जानुपर्ने बताए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि सत्तारुढ दल तत्कालीन नेकपा ओली र प्रचण्ड–माधव समूहमा अनौपचारिक विभाजन भएको थियो । सर्वोच्च अदालतले फागनु ११ गते प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक रहेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो ।

त्यसपछि सर्वोच्च अदालतले नै नेकपाको नाम विवादबारे फैसला सुनाउँदै माओवादी केन्द्र र नेकपा एमाले ब्यूताइदिएपछि नेपालको राजनीतिमा सरकार निर्माणमा नयाँ तरंग पैदा भएको छ ।