काठमाडौँ– मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई सरकारले रु. १० लाख सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


१४ फागुनमा मष्तिष्कघात भएर उपचारका लागि अस्पताल भर्ना भएका उनलाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उपचार सहयोग रकम स्वरुप रु. १० लाख सहयोग गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।