काठमाडौँ – सुरुवातमै २ विकेट गुमाएको नेपालको इनिङ अहिले का.वा. कप्तान ज्ञानेन्द्र मल्ल र युवा क्रिकेटर दिपेन्द्र सिंह एरीले सम्हालिरहेका छन् । नेपालले केन्याविरुद्धको दोस्रो खेलमा फेरि खराब सुरुवात गरेको थियो ।


ADVERTISEMENT


टोलीको कूल योगफल १४ रन हुँदा नेपालले प्रारम्भिक ब्याट्सम्यान सुनिल धमला (१) र सागर पुन (७) लाई छिट्टै गुमाएपछि मैदान छिरेका दिपेन्द्रसिंह एरीले आपनर ज्ञानेन्द्र मल्लसंग ३५ बलमा ३३ व्यक्तिगत रन तथा रनको साझेदार गरेका छन् । यता ज्ञानेन्द्र मल्लले ५१ बलमा ३५ रन बनाएर ऐरीलाई साथ दिइरहेका छन् ।
अहिले १७ आभरको समप्तिमा र्दु विकेटको क्षतिमा ७६ रन बनाएर पुर्याएको छ ।  केन्याका बलदरमाथि नेपाली व्याट्सम्यान हाबी देखिएका छन् ।


ADVERTISEMENT

# # #


दुबैको अर्धशतक
नेपाल को पारी सम्हालिरहेका ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरी दुबैजनाले अर्धशतक पुरा गरेका छन् ।आजको खेलको कप्तानी सम्हालिरहेका ज्ञानेन्द्र मल्लले ७८ बल खेलेर ५० रन पुरा गरे भने दिपेन्द्र सिंह ऐरीले ५६ बलको सामना गरेर ५० रन बनाएका छन् भने शतकीय साझेदारीको नजिक पुगेका छन् ।