चितवन– पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा कालिका नगरपालिका ८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज दिउँसो ११ः५ बजे मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिने ट्र्याक्टर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान आज १०ः४० बजे भएको हो । रासस