काठमाडौँ – नेपाल सरकार र विश्व बैंकबीच आज झण्डै ३ अर्ब बराबरको सम्झौता भएको छ ।


ADVERTISEMENT


‘समृद्धिका लागि वन’ आयोजनाअन्र्तगत सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

५० वटा स्थानीय तहलाई सहयोग पुर्‍याउने भनिएको सो आयोजनाले नेपालको दिगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पुर्याउने अर्थ मन्त्रालय र विश्व बैंकको भनाइ छ ।

सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया अनुदान र २ अर्ब ९ करोड रूपैंया भने सहुलियतपूर्ण ऋण रहेको जनाइएको छ ।