रुपन्देही– माछापुच्छ्रे बैंकले रुपन्देहि जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्युआर कोड सेवा सुरु गरेको छ ।


ADVERTISEMENT


बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालद्वारा सो स्थानमा क्युआर कोड सेवाको सुरुवात गरिएको हो ।


ADVERTISEMENT

# # #


क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले हाटबजारबाट आफुले खरिद गरेका उपभोग्य वस्तुको रकम क्युआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् । पछिल्लो समय डिजिटल भुक्तानकिो आकर्षण बढ्दै गएको छ । सोहि अवस्थालाई मध्यनजर गर्दे माछापुच्छ्रे बैंकले पनि हाटबजार सो सेवाको सञ्चालन गरेको हो ।

उक्त सेवा विस्तारपछि क्रेता–बिक्रेता दुवै पक्षलाई खुद्रा पैसाको झन्झट बाट टाढा राख्दै बचत गर्ने बानीको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप समेत संचालनमा ल्याएको छ ।