काठमाडौं – प्रहरीले ‘ग्रीन कफी’ले मोटोपन घटाउँछ भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पोखरा घर भई काठमाडौं नयाँबजार बस्ने ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका नागरिक इजोर कुटशलाई बिहीबार नयाँबजारबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुलाई काठमाडौँ नयाँ बजारबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले जानकारी दिएका छन् । उनका अनुसार टिम वान सप्लायर्स प्रालिका संचालक समेत रहेका आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै यसको नियमित सेवन गरे शरीरलाई फाइदा हुने भन्दै भ्रमपूर्ण विज्ञापन गरेका थिए ।

आचार्यले ग्रीन कफी खाएर बिना औषधि, बिना व्यायाम, बिना डाईटिङ्, कुनै साईड ईफेक्ट बिना नै साताको १३ किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्ने विज्ञापन, विभिन्न लेख, ब्लग, फेसवुक तथा अन्य सामाजिक सञ्जालहरुको पेजहरुमा राखेर प्रचार गरेको खुलेको डीआईजी थापाले जनाए ।

प्रहरीले पक्राउ परेका उनीहरुको १२ वटा बोरामा राखिएको ग्रीन कफी ६४४ केजी, बिक्री वितरणको लागि तयारी अवस्थामा राखिएको १०० ग्रामको ग्रीन कफी २८२२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ ।

यस्तै विदेश नागरिक कुटशको पासपोर्ट २ थान र उनको कोठाबाट ३ लाख ९७ हजार रुपैया र २ थान मोवाइल पनि बरामद गरिएको छ ।

उनीहरुले ग्रीन कफी प्रतिकेजी ९६० मा नेपालको विभिन्न भागबाट खरिद गरी प्रतिकेजी २० हजार देखि ४० हजार सम्म नेपालकै विभिन्न भागमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सिआईबी प्रमुख डिआइजी थापाका अनुसार उनीहरुको नेटवर्क धन्दा भारत र रसियामा समेत रहेको खुल्न आएको छ । सप्लायर्सको कार्यालय र गोदामबाट कानुन बमोजिम अनुमति समेत नलिएको सप्लिमेन्टहरु बरामद भएको छ ।

उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा काठमाण्डौं जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको डीआईजी थापाले जानकारी दिएका छन् ।