काठमाडौँ – माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यका शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्यु.आर.कोड सेवा सुरुवात गरेको छ ।


ADVERTISEMENT


बैँकले प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मती प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायातमा क्यू.आर.कोड सेवा सुरु गरेको हो । यस्तै संयुक्त रुट व्यवस्थापन समिति चितवन, गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्तिर्ती होमस्टेमा पनि क्यू.आर. कोड सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


क्युआर कोड सेवा सुरु भएसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । आफुले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका कुरामा क्यू. आर. कोडले सहयोग पुग्ने बैँकले विश्वास व्यक्त गरेको हो ।

पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा क्यू.आर. कोड सेवा सञ्चालन गर्दै आएको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ । अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।