काठमाडौँ – शुक्रवार प्रधानमन्त्रीका विशेष सल्लाहकार मोती दुगडले निजी क्षेत्रका ठूला उद्योगी व्यवसायीलाई छलफलका लागि बोलाए । प्रधानमन्त्री केपी शर्मा ओलीले नै निजी क्षेत्रसँग छलफल गर्न चाहेको निमन्त्रणा पाएपछि व्यवसायीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगे । प्रधानमन्त्रीले नै बोलाएपछि सरकार–निजी क्षेत्रबीच उद्योग वाणिज्य क्षेत्रका समस्याबारे छलफल हुने अपेक्षा उनीहरूको थियो, सोहीअनुसारको तयारीसहित व्यवसायीहरू बालुवाटार पुगे ।


ADVERTISEMENT


तर जुन उद्देश्यका साथ व्यवसायीलाई बोलाइएको थियो, माहोल त्यस्तो बनेन । रात्रिभोज समेत आयोजना गरिएको कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष, शेखर गोल्छा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवाल, नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलाल लगायतका व्यवसायीहरुले आफ्नो मन्तव्य राखे, सरकारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले वक्तव्य राखे । तर त्यतिकैमा बालुवाटारको माहोल पूर्वनिधारित कार्यक्रमभन्दा फरक देखियो । व्यवसायी किशोर प्रधान, राजेश अग्रवाल, ललित अग्रवाल, सिताराम अग्रवाल, मदन मित्तल लगायतका सयौँ व्यवसायी एमाले प्रवेश गरेको घोषणापछि व्यवसायीहरू नै एकअर्कालाई हेर्दै आश्चर्यचकित भए । ‘छलफलका लागि भनेर गएका थियौँ, रात्रिभोजसम्म भन्ने जानकारी थियो,’ कार्यक्रममा सहभागी एक व्यवसायीले भने, ‘व्यवसायीहरु एमाले प्रवेश गरेको घोषणापछि बल्ल किन बोलाइएको रहेछ भनेर बुझ्यौँ ।’ सरकार निजी क्षेत्रप्रति उत्तरदायी नभएपनि उसले बेला बेला यसरी निजी क्षेत्रलाई प्रयोग गर्ने गरेको आक्षेप उनको छ । ​


ADVERTISEMENT

# # #


May be an image of 5 people, people sitting and people standing

सहभागी एक अर्का व्यवसायीले बालुवाटारको माहोल निजी क्षेत्रसँगको छलफलभन्दा पनि पार्टी प्रवेश कार्यक्रम जस्तो देखिएको बताए । आफूहरूलाई झुक्काइएको उनको आरोप छ ।

May be an image of 3 people, people standing and people sitting

उक्त कार्यक्रमपछि बोल्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्र एउटै भएको बताउँदै आफूहरु एकअर्काको दुश्मन नभएको भनाइ राखे । उनले आफ्नो कार्यकालमा अभूतपूर्व काम भएको दाबी गर्दै निजी क्षेत्रले खुलेर आफ्ना समस्या राख्नुपर्ने र आफू ती समस्या समाधान गर्न तयार भएको बताए ।

May be an image of 1 person and standing