झापा – टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


पूर्वपश्चिम राजमार्गको दमक ४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई ८ का २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

यसअघि सोही मोटरसाइकलमा पछाडि बसेका मोरङ रतुवामाई नगरपालिका ८ का २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा टिपर चालक दमक ४ का ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । रासस