बागलुङ– जिल्लामा मतदाता संख्या एक लाख ६८ हजार ३४९ रहेको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ११ हजार ५४७ मतदाता थपिएका छन् । गत वैशाखमा स्थानीय तह चुनाव हुँदा एक लाख ५६ हजार आठ सय दुई मतदाता थिए । निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म मतदाता नामावली दर्ताका लागि तोकेको समयमा नयाँ मतदाता थपिएका हुन् ।


ADVERTISEMENT

# # #


जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताउनुभयो । सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका छन् । थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ छन् । जिल्लाका मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश चुनावमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।