पाल्पा– राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समिति सदस्य भगवान भण्डारी मानवाधिकार रक्षकको जिल्ला सञ्जालको संयोजकमा पुनःनिर्वाचित भएका छन्।


ADVERTISEMENT


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज कार्यालयको आयोजनामा जिल्लास्तरीय मानवाधिकार रक्षकको सञ्जाल भेलाले पत्रकार तथा मानवाधिकारकर्मी भण्डारीलाई सर्वसहमत संयोजक चुनेको हो ।


ADVERTISEMENT

# # #


समितिको सहसंयोजकमा नेपालबार एशोसिएसनका केन्द्रीय पार्षद् गीता शर्मा रहेका छन्। त्यस्तै सदस्यमा किरण कौशल, ठाकुर लोहागुन, मिलन विश्वकर्मा, जीवलाल बस्याल, तुल्सी गैरे, तुल्सी पृथी, नारायण न्यौपाने, नेत्र गैरे, दयाराज न्यौपाने, विनोद भारती र अनिता खनाल छन् ।

सल्लाहकारका रुपमा वरिष्ठ पत्रकार मेघराज शर्मा, बाल संगठनका अध्यक्ष सोमनाथ अर्याल, बार एसोसियसनका पुर्व अध्यक्ष जोगलाल बिक, मानवअधिकारकर्मी पुष्करराज रेग्मी र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भेषराज तिमिल्सिना तथा सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना रहेका छन् ।

संयोजक भण्डारीले नागरिकका आधारभूत आवश्यकता सहज रुपमा प्राप्तिका निम्ति आवाज उठाउने बताएका छन्यो । उनले शिक्षा, स्वास्थ्य, सञ्चारमा नागरिकको सहज पहुँच हुनुपर्ने मान्यता रहेकामा जोड दिएका थिए । रासस