काठमाडौँ– विश्वमा फेरि पनि कोरोना संक्रमित संख्या उकालो लाग्दै गएको छ ।


ADVERTISEMENT


लकडाउनको प्रभावबाट सामान्य जनजीवनमा फर्किन नपाउँदै फेरि पनि कोरोना संक्रमण संख्यामा वृद्वि हुन थालेको हो ।


ADVERTISEMENT

# # #


पछिल्लो समयमा युरोपले कोभिड १९ को नयाँ प्रजातिको कारण तेस्रो वेभ(चरण) बाट आफ्ना नागरिकलाई जोगाउन असफल भए सगै धेरै युरोपेली देशहरुले नया लकडाउनका उपायहरु अपनाएका छन् । यस्तै, अमेरिकाको सीडिसीले पनि मार्च महिनाको अन्तिम या अप्रिलको सुरुवाती हप्तामा तेस्रो वेभ निम्तिन सक्ने आकलन गरेको छ ।

यस्तै, छिमेकी राष्ट्र भारतमा पनि कोभिड १९ को नया प्रजातिले गर्दा दोस्रो वेभ निम्तिने संकेत गरेको देखिएको छ । पछिल्लो समयमा यहाँ ४० हजार कोरोना संक्रमित देखिएको छ । कोरोनाको महामारी व्यापक रुपमा नफैलिउन् भन्नका लागि धेरै संक्रमित देखिएका ५/६ स्थानमा यहाँका सरकारले पुर्ण रुपमा लकडाउनको घोषणा गरिसकेको छ ।

यसैगरि, नेपालमा पनि विज्ञहरुले जनाएअनुसार, पछिल्लो समयमा कोरोनाका कारण गम्भीर प्रकृतिका बिरामी भर्ना हुने क्रम पनि बढ्दै गएको छ । यस्तै,  छिमेकी राष्ट्रमा कोरोना संक्रमितको संख्यामा वृद्वि आएसंगै यसको जोखिम नेपालमा पनि उत्तिकै रहेको उनीहरु बताउँछन् । यद्यपि नेपालले कोरोनाको दोस्रो वेभको सामाना गर्न नपरोस् भन्नका निम्ति राजयमा भर नपरी प्रत्येक नागरिक यसप्रति सचेत हुनुपर्ने उनीहरुको भनाई छ ।

विज्ञहरुले यसबाट बच्नका निम्ति नयाँ उपाय नभएको तर, पहिलेकै सामाजिक दूरी कायम राख्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, भिडभाडमा नजाने र बारम्बार हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य रुपमा अपनाउन सुझाव दिएका छन् ।