बैतडी– दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अभियुक्तका भनिएका दिनेश भट्ट निर्दाेष रहेको उनको परिवारले दाबी गरेका छन् ।


ADVERTISEMENT


प्रहरीद्वारा गत फागुन ५ मा अभियुक्तको रुपमा सार्वजनिक गरिएको १६ वर्षीय किशोर निर्दाेष रहेको उनको परिवारले दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताएका छन् । उनका अनुसार, दुई व्यक्तिले आफ्ना छोरालाई अपराध स्वीकार गर्न दबाब दिएकै कारण किशोरले बाध्य भएर अपराध स्वीकार गरेका हुन् । घटनामा संलग्न दुईमध्ये एकले घाँटीमा चक्कु राखेर उक्त कुरा कतै नखोल्न धम्क्याएका थिए । ‘तेरो बुबा र भाइ अस्पताल गएका छन्, कतै भनिस् भने दुवैलाई मारिदिन्छौं भनेर धम्क्याएका रहेछन्,’ छोरालाई भेटेर फर्केका उनले भने, ‘त्यही भएर अपराध स्विकारेको हुँ भन्छ ।’

‘मैले मारेको हुँ नभने तेरो बुबा र भाइलाई मारिदिन्छौं भन्ने धम्की आएको थियो,’ छोराको भनाइ उद्धृत गर्दै आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भागरथीको हत्या हुँदा मैले देखेको हुँ, एउटाले मास्क लगाएको थियो, चिन्न सकिनँ । अर्कोलाई राम्ररी चिन्छु, ती दोगडाकेदार गाउँपालिकाकै प्राविधिक कर्मचारी हुन् ।’

दीपकराजले जनाएअनुसार, माघ २१ गते विद्यालयबाट घर गइरहेका बेला उनका छोराले बाटोमा उक्त घटना देखेका थिए ।

आफ्नो छोराले आफ्नै आँखाअघि अपराध स्वीकारेर प्रहरी समातेर लगेको वेदना छट्पटिएका दिपकराजले गाउँ नै छाडेका छन् । उनी गाउँ छाडेर परिवारसहित महेन्द्रनगर बसाइँ सरेका उनलाई शुक्रबार बाल सुधार गृहबाट फोन गरेर उनका छोराले केही कुरा गर्न भन्दै बोलाएका थिए । शनिबार सिलगढीमा छोरालाई भेटेर आइतबार महेन्द्रनगर फर्किएका हुन् ।

‘अब तपाईंले गाउँ छाड्नु भो, उसले केही गर्न सक्दैन, सत्य कुरा गर्दै छु भन्दै मसँग रुन थाल्यो । आफ्नो छोराले भनेको भन्दै उनले बेलीविस्तार लगाउँदै गए, ‘ त्यतिबेला मेरै सामुन्ने अपराध स्विकारिस्, अहिले मैले गरेको होइन भन्छस् भनेर मैले सोध्दा पनि उसले सत्य कुरा यही हो भन्यो ।’ उनले आफ्नो छोरा निर्दाेष भएको र अपराधी अर्कै भएको निर्दाेष गर्दै आफ्नो निर्दाेष छोरालाई बचाउनका लागि पत्रकारसमक्ष आग्रह समेत गरेका छन् ।

उनले बारम्बार अपराधी अर्कै दोस्रो व्यक्ति रहेको र आफ्नो निर्दाेष छोराले सजाय पाउन लागेकोमा दुखेसो व्यक्त गरिरहे ।

माघ २१ गते बलात्कारपछि हत्या गरिएकी भागरथीकोघटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी खटिएका थिए ।  प्रहरीले सुरुवाती अनुसन्धानकै क्रममा भागरथीको योनिबाट निकालिएको भजाइनल स्वाब र आरोपितको वीर्य डीएनए परीक्षणका लागि ल्याबमा पठाएपनि रिपोर्ट आउन ढिला भएपछि त्यसबाहेकको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

अदालतमा डीएनए रिपोर्टबाहेककै आरोपपत्र पेस गरिएको थियो । यद्यपि  छबहसका क्रममा आवश्यक ठानेमा अदालतले रिपोर्ट झिकाउन सकिने कानुनी व्यवस्था छ ।