काठमाडौँ – सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने गाडी आयातमा लगाएको बन्देज फुकुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन अन्तिम साताको मन्त्रिपरिषद् वैठकले महँगा गाडी आयातमा लगाएको प्रतिवन्ध हटाएको हो ।


ADVERTISEMENT


सरकारले अघिल्लो वर्ष चैत १६ गतेदेखि महँगा गाडी आयातमा प्रतिवन्ध लगाएको थियो । उक्त समयमा केराउ, मरिच सुपारी लगायतका कृषि उपजमा पनि प्रतिवन्ध लगाइएकोमा त्यस्ता कृषि उपजको आयातमा सरकारले परिणात्मक बन्देज कायम गरेको छ ।


ADVERTISEMENT

# # #


पूर्ण प्रतिवन्ध खुकुलो पारेपनि एक जना व्यवसायीले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी र ५ हजार मेट्रिक टन छोकडा आयात गर्न पाउने गरी परिणाममा आयात गर्न पाउने व्यवस्था गरिएको छ । यसगरी नधुलाएको मरिच वर्षमा १५ हजार मेट्रिक टनसम्म आयात गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।