काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको आदेशको पुनरावलोकनमा जाने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णयविरुद्ध पुनलावलोकनका लागि जाने निर्णय गरेको हो । नेकपा आधिकारिकताको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेलको पक्षमा फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि जन्मिएको नेकपालाई अवैध भन्दै खारेज गरेको थियो । साथै एमाले र नेकमा माओवादी केन्द्रलाई ब्यूताएको थियो ।


ADVERTISEMENT

# # #


मंगलबार कानुन व्यवसायीसँगको छलफलपछि माओवादी केन्द्रले सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको हो ।