काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती भएकोमा आश्चर्य व्यक्त गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद महतले कर्णालीका जनता अहिले पनि बिजुली नपाएर अध्यारोमै बस्न बाध्य रहकाले विकासशील राष्ट्रको उक्त प्रमाणपत्र घुस दिएर ल्याएको हो भन्दै प्रश्न गरे ।


ADVERTISEMENT

# # #


‘यो संसदका हत्यारा, सरकारका प्रतिनिधि भनौँ या खानेपानी मन्त्रीका भाषामा श्री ५ सरकारका मन्त्रीले हाम्रो देश अल्पविकसित बाट विकासशील राष्ट्रमा स्तरोन्नती भएको प्रमाणपत्र आउँदैछ भन्नुभयो ।’ कर्णालीको नक्सा देखाउँदै उनले भने, ‘कर्णाली पनि नेपाल भित्रै पर्छ । कर्णालीका जनताले अहिले पनि बत्ती पाएका छैनन् । अँध्यारोमै छन् । मन्त्री भन्दैछन् हामी विकासशील राष्ट्रमा पुगिसक्यौँ, प्रमाणपत्र आउँदैछ । यो कसले आँखाकान चिम्लेर दिँदैछ ?’

उनले अघि थपे, ‘म जान्न चाहन्छु, जुम्ली जनता जान्न चाहन्छन्, यो घुस लिएर ल्याएको प्रमाणपत्र त होइन ?’

संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)ले सन् २०२६ देखि लागू हुनेगरी नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।