काठमाडौं– आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचनमा मतपत्रसम्बन्धी त्रुटि भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको निर्णय बुधबार सुनाइने भएको छ ।


ADVERTISEMENT


सो रिटको मंगलबार सामान्य छलफल भएपनि सुनुवाईका लागि बुधबारलाई तोकिएको सर्वोच्चका प्रवक्ता नारायाणप्रसाद पन्थीले बताए ।


ADVERTISEMENT

# # #


सो रिट न्यायाधीश दिपकराज गिरीको इजलासमा परेको प्रवक्ता पन्थीले बताए । केही पहिले राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेश प्रतिनिधिसभा निर्वाचनमा एकै मतपत्र, अपांग मैत्री नभएको लगायतका १० वटा विषयमा रिट दायर गरेको बताइएको छ ।