काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता विजयकुमार गच्छदारलाई फसाइएको बताएका छन् ।


ADVERTISEMENT


५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले सुनसरीको धरानमा मंगलबार आयोजना गरेको ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन समारोहमा देउवाले गच्छदारलाई फसाउने काम भएको भन्दै उनले न्याय पाउने विश्वास लिएको बताए ।
उनले कम्युनिस्ट सरकारको प्रभावमा प्रहरी र सरकारी कर्मचारीले काँग्रेसका कार्यकर्तालाई दुःख दिने गरेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


‘विजय गच्छदार हाम्रो पार्टीको नेता हो, उहाँलाई फसाइएको छ, मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ,’ देउवाले भने, ‘हाम्रो पार्टीको साथीलाई दुःख दिनेलाई छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ ।’

ललिता निवासको जग्गा व्यक्तिको नाममा लगी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन भौतिक योजनामन्त्री तथा नेपाली कांग्रेसका नेता विजय गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यतिबेला गच्छदारले नै बालुवाटारमा प्रधानमन्त्री निवासभित्रको जग्गा सट्टापट्टा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएको आरोप उनीमाथि छ ।

अख्तियारले मुद्दा दायर गरेपछि उनको सांसद् पद समेत निलम्बनमा परिसकेको छ । त्यसयता उनी भूमिगत रहेकोमा अदालतले उनलाई उपस्थित गराउन बारम्बार म्याद थप गर्दै आएकोमा प्रहरीले उनलाई भेटाउन सकेको छैन ।