काठमाडौँ – भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि रोजगारीका लागि भारत गएका नेपालीहरू फर्किन थालेका छन् । भारतमा कोरोना बढ्न थालेपछि गृह मन्त्रालयले ७७ ओटै जिल्लाका क्वारेन्टाइन र आइसोलेशन सेन्टरको यकिन विवरण संकलन गर्दै तयारी अवस्थामा राख्न जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले देशभर भीडभाडका गतिविधि हुन नदिन प्रशासनलाई परिपत्र गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


गृहले भीडभाडका गतिविधि नियन्त्रण गर्ने, जोखिम कम गर्न क्वारेन्टाइन र आइसोलेशनलाई तयारी अवस्थामा राख्ने, सीमानाकामा सतर्कता बढाउनेदेखि परिस्थिति हेरेर लकडाउन गर्नेसम्मको प्रारम्भिक रणनीति बनाएको छ ।

गृहले आफ्ना संयन्त्रहरूलाई परिपत्र गर्दै सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि निर्देशन दिएको जानकारी बुढाले दिए ।