इलाम सन्दकपुर गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीले करिब रु ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् ।


ADVERTISEMENT


गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका–२ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् ।


ADVERTISEMENT

# # #


दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, टीकामाया गुरुङ, धनप्रकाश राई, डम्बर सुवेदी र रमिला बुर्जाले एक÷एक रोपनी तथा लीला बुर्जा र जीवन शिवाले आधा÷आधा रोपनी जग्गादान गर्नुभएको हो ।

उहाँहरूले गाउँपालिकाको नाममा सोमबार मालपोत कार्यालयमा पास गरिदिएको स्थानीय दिनेश सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकालाई प्राप्त जग्गा र आवश्यक पर्ने जग्गाको व्यवस्थापन गरी भवन निर्माणको प्रक्रिया अघि बढाइने गाउँपालिकाको कार्यालयले जनाएको छ । आजको गोरखापत्रबाट