काठमाडौँ – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।


ADVERTISEMENT


५७ वर्षीय जोशी फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका थिए । नेता जोशीको आज(शुक्रबार) साँझ ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।


ADVERTISEMENT

# # #


मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आईसीयूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो ।

उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताएका छन् ।