काठमाडौँ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राकी पत्नी पुजा क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका १५ छात्रालाई छात्रावृत्ति दिने घोषणा गरेकी छन् ।


ADVERTISEMENT


महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ शनिवार शिवपुरीमा भारतीय राजदूतावासले गरेको कार्यक्रममा पुजाले यस्तो घोषणा गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थीहरु वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गर्ने बताएकी हुन् ।

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत दू्रतावासले शिवपुरी पैदल यात्राको आयोजना गरेको थियो।

उक्त पैदलयात्रामा पुजासहित विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो ।

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ । सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।