काठमाडौँ – सरकारले आज बिहाना ८ बजेदेखि काठमाडौामा मेलम्चीको पानी औपचारिक रुपमा वितरण गर्दैछ ।


ADVERTISEMENT


२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको ३ दशकपछि काठमाडौँमा पानी पुगेको हो ।


ADVERTISEMENT

# # #


दैनिक २ घण्टाका दरले पानी वितरण गरिने मेलम्चीको पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार पटकपटक भाखा सारिँदै आएको र उपत्यकावासीको सपना नै बनेको मेलम्चीको पानी आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण गरिँदै छ ।

निर्देशनालयले दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्न लागेकोमा पाइपको ओभरलोडलाई ध्यानमा राखेर आज पहिलो दिन ४ करोड लिटर मात्र पानी वितरण गर्न लागेको छ । बिहीवारदेखि ८ करोड लिटर नै पानी वितरण गर्ने तयारी गरिएको छ ।