काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओलीले आफूमाथि गरेको कारवाही अस्वीकार्य रहेको बताएका छन् ।


ADVERTISEMENT


निलम्बनको सूचना पाएपछि सोमबार प्रतिक्रिया दिँदै नेता रावलले ओलीको निर्णय पार्टी विधान र नवौँ महाधिवेशनको मार्गनिर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कदम रहेको बताए । उनले


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु ।’

‘आलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो । तेस्रो चरणमा पार्टी विधान कुल्चँदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो’ नेता रावलले भनेका छन्, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो ।’

अध्यक्ष ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।