ललितपुर– वैदेशिक रोजगारको लगाईदिन्छु, भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


ललितपुर जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार, पिडितको जाहेरीको आधारमा विदेशमा रोजगार लगाईदिन्छु, भन्दै ठगी गर्ने सरोज अधिकारी भनिने शिशिर बस्नेतलाई प्रहरीले पक्राउ गरेकोे हो ।


ADVERTISEMENT

# # #


जानकारीका अनुसार, बस्नेत उनकै दाई भनिने दाङ लमही–५ का माइकल सिंक बस्नेत, रुपन्देहि कोटहिमाई–२ का सुमित कुमार उपाध्याय र धादिङका समिर तामाङसंगको समूहमा आबद्व रही ठगी गर्दै आएका थिए ।

उनीहरुले सिंगापुर, हगेंरी तथा पोर्चुगल लगायतका देशहरुमा सहुलियतमा रोजगार लगाईदिन्छु भन्दै झुठो आश्वासन देखाई सामाजिक सञ्जालमार्फत फारमका लागि प्रतिव्यक्ति ५ हजार लिने गरेका थिए । यसका लागि उनीहरुले ‘हाई सक्सेस म्यानेजमेन्ट ग्रुप प्रा.लि’ नामक संस्था समेत सञ्चालन गर्दै आएका थिए ।

रकम संकलनका लागि नबिल बैंक कुमारीपाटीस्थितको शाखामा खाता खोलेका उनीहरुले हालसम्म यसै धन्दामार्फत मात्रै ७२ लाख भन्दा माथि ठगी गरेको पाइएको छ ।

ठगी समूहमा आबद्व रहेका भनिएको सुमित कुमार उपाध्याय र माइकल सिंक बस्नेत यसअघि पनि काठमाडौँ–ललितपुरको विभिन्न ठगी आरोपमा धरौटीमा छुटेको खुल्न आएको छ ।

पक्राउ परेका बस्नेत विरुद्व ठगी मुद्दाअन्र्तगत आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।