जर्मनी – भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले महिलाहरुले आफ्नो हक अधिकार, सुरक्षा र नेतृत्वमा आफै अग्रसर हुनुपर्ने भएपनि यसमा पुरुषको साथ अपरिहार्य भएको बताएकी छन् ।


ADVERTISEMENT


१ सय ११ औं महिला दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको महिला फोरमले आइतबार आयोजना गरेको ‘महिला सशक्तिकरणका लागि सुरक्षा, स्वावलम्बन र नेतृत्व विकास’ विषयक अनलाइन गोष्ठीलाई सम्बोधन गर्दै एमाले नेतृसमेत रहेकी मन्त्री डा. तुम्बाहाम्फेले महिलाको नेतृत्व विकासका लागि पुरुषहरुको साथ र सहयोगको अपरिहार्यतालाई पनि मनन गर्नुपर्ने बताइन्।


ADVERTISEMENT

# # #


महिलाको हक अधिकार र लैंगिक समानताका लागि सरकार प्रतिवद्ध भएर लागेको उनले बताइन् ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विज्ञ, पत्रकार तथा महिलाका विषयमा चासो राख्ने व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

No description available.