काठमाडौं – लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर बुझाउने छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ । छिमेकलाई बिहीबार आन्तरिक राजश्व विभागले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीलाई सम्मान पत्र हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT


नवौं राष्ट्रिय कर दिवस, २०७७ को अवसरमा विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर जम्मा गर्ने सूचीमा छिमेकलाईलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।


ADVERTISEMENT

# # #


छिमेकले आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ४१ करोड भन्दा बढी आयकर बुझाएको थियो ।