काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक बसेको छ ।


ADVERTISEMENT


शुक्रबार कलंकीको एक बैंक्वीटमा बसेको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि ६ महिनाका लागि गरेको निलम्बनको भर्त्सर्ना गरेको उपाध्यक्ष भीम रावलले जानकरी दिए । उनका अनुसार बैठकले ओलीको उक्त कदम अरुमाथि तानाशाही लाद्ने निरंकुश र स्वेच्छाचारी चरीत्रको धुतक हो भन्ने निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT

# # #


ओलीको कारवाहीले पार्टीको नीति, सिद्धान्त र विधान मिचिएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई नै लज्जित तुल्याउने स्थिति बनेको बैठकको निष्कर्ष छ । यद्दपी नेकपा एमालेको रक्षा र सुरक्षाका लागि आफूहरुले चालेका पाइलालाई अझ गतिशीलताका साथ अघि बढाउने संकल्प भएको नेता रावलले बताए ।

नेता रावलका अनुसार बैठक जारी छ ।