काठमाडौँ – त्रिभुवन आर्मी फुटबल क्लबले दरशथ रंगशालामा श्रीलंकाको पुलिस क्लबसँग खेल्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मीले एएफसी कप २०२१ प्रिलिमिनरी राउन्ड अन्तर्गत श्रीलंकाको पुलिस क्लबसँग खेल्न लागेको जानकारी दिएको हो ।


ADVERTISEMENT


त्रिभुवन आर्मी क्लबका टिम म्यानेजर विकास मल्लका अनुसार खेल यही चैत्र २५ गते हुनेछ । खेलका लागि श्रीलंकाको टोली चैत्र २२ गते र म्याच कमिस्नर तथा म्याच अफिसियल २३ गते नेपाल आउने कार्यक्रम रहेको उम्यानेजर मल्लले बताए ।


ADVERTISEMENT

# # #


खेलका लागि नवीन न्यौपानेको प्रमुख प्रशिक्षकत्वमा त्रिभुवन आर्मी क्लबले तयारी गरिरहेको छ । खेलबाट आर्मीले अर्को चरणमा प्रवेशको आशा राखेको उनले बताए । म्यानेजर मल्लले भने, ‘अवश्य पनि श्रीलंका पुलिस क्लब राम्रो टिम हो । उनीहरुसँग विदेशी खेलाडी पनि छन् । तर हाम्रो लक्ष्य अर्को चरणमा प्रवेश गर्ने हो ।’

खेल साँझ ५ः३० बजे गर्ने तयारी गरे पनि एशियन फुटबल महासंघ (एएफसी)ले अन्तिम अनुमति दिन बाँकी रहेको छ । कोरोना महामारीलाई ध्यानमा रासी सम्पूर्ण जनस्वास्थ्यका मापदण्ड अपनाउने र ५० प्रतिशत दर्शक राख्न पाउने गरी एएफसीले अनुमति दिएको छ ।

कुल २० लाख लागत अनुमान गरिएको खेलका हेर्नका लागि भीआईपी तर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ तोकिएको छ । खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक सहयोग गर्ने एन्फाका अध्यक्ष किरण राईले बताए ।