काठमाडौँ – सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरुद्धको ‘भेरासेल’ नामक खोप बुधवारदेखि लगाउन शुरु गरिने जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले चीनमा अध्ययन गरिरहेका विद्यार्थी, जो हाल नेपालमा छन्, अध्ययनको सिलसिलामा चीन जाने तयारीमा रहेका विद्यार्थी, चीनसँग व्यापार गरिरहेका व्यवसायी लगायतलाई उक्त खोप लगाउने जानकारी दिए ।

चीनले गत माघ तेस्रो साता ३ लाख र त्यसको एक महीनापछि थप ५ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानस्वरुप नेपाललाई दिने निर्णय गरेको थियो । तर प्रक्रियागत ढिलाइका कारण गएको सोमवार मात्र उक्त खोप नेपाल आइपुगेको थियो ।