मोरङ– स्व. गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।


ADVERTISEMENT


विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा छ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

१७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्ने छन्, भने उपविजेताले नगद रु. १५ हजार र तेस्रोले जनही रु. १०/१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताए । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो । रासस