काठमाडौँ – ट्रलीबस अन्त्यपछि बिजुली बसको पुरागमन गरेको निजी क्षेत्रको सुन्दर यातायात प्रालिले बस थप गर्ने भएको छ । बैसाखभित्रबाट थप ४ वटा बस चलाउने गरी कम्पनीले तयारी गरेको हो ।


ADVERTISEMENT


बस खरिदका लागि चिनियाँ कम्पनी बीएकेलाई सुन्दरले प्रस्ताव पठाएकोमा कम्पनीले बस पठाउने तयारी गरेको सुन्दरका अध्यक्ष भेषबहादुर थापाले बताए । बैसाखमा बस आउने र बैसाखबाटै बस चलाउने तयारी गरिएको जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #


सुन्दरले हाल काठमाडौँ उपत्यकामा ४ वटा बिजुली बस चलाइरहेको छ । २०७६ भदौ अन्तिम सातादेखि सुन्दरले बस सञ्चालन गरेको थियो । थप २५ वटा बस खरिदको तयारी गरेको सुन्दरले कोरोनाका कारण बस थप्न सकेको थिएन । अब २५ बस खरिदको प्रक्रिया अघि बढिसकेको र त्यसअन्तर्गत नै थप ४ वटा बस चलाउन लागिएको थापाले बताए ।