काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालमा निजामती कर्मचारीको संख्या आवश्यकताभन्दा ७० प्रतिशत बढी भएको बताएका छन् ।


ADVERTISEMENT


उनले प्रशासन समूहमा निजामति कर्मचारीको संख्या अत्यधिक भएको तर प्राविधिकको संख्या अत्यन्त कम भएको बताए । यो उनी आफैले पनि अनुभव उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


‘हाम्रो प्रशासन समूहका व्यक्ति आवश्यकता भन्दा ७० प्रतिशत बढी छन्,’ उनले भने, ‘तर प्रावधिकहरुको संख्या अत्यन्त कम छ चाहे त्यो डाक्टर होस्, चिकित्सा र इन्जिनियर होस्, चाहे वन होस्, चाहे कृषि होस् ।’

निजामती कर्मचारी प्रशासन नै दोषपूर्ण रहेको बताउँदै उनले भने, ‘हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ, त्यसको बनावटै दोषपूर्ण छ ।’

यसैकारण विकास बजेट खर्च हुन नसकेको उनको भनाइ थियो । ‘पैसा गइरहेको हुन्छ, कार्यक्रम भइरहेको हुन्छ तर खर्च भएको हुँदैन,’ उनले भने ।

देश संघीयतामा गएपछि संघीय सरकारले समेत कर्मचारी समायोजनमा त्रुटि गरेका कारण यस्तो समस्या थपिएको उनको भनाइ थियो ।