काठमाडौं – सर्वोच्च अदालतले भक्तपुरकोबिस्केट जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । चैत्र २२ गते भक्तपुर कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेकोमा उक्त निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए ।


ADVERTISEMENT


उक्त रिटमाथि न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गत वर्ष पनि कोरोनाकै कारण रोकिएको बिस्केट जात्रा यस वर्ष चैत्र २८ गतेदेखि सुरु हुँदैछ ।