काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौँ स्वास्थ्य दिवसको अवसरमा बोर्डले बुधवार काठमाडौँ गरेको कार्यक्रममा थप ६ जिल्लामा बीमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको हो ।


ADVERTISEMENT


बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्च्युल माध्यमबाट बीमा कार्यक्रम शुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


यीसहित स्वास्थ्य बीमाको पहुँच अब काठमाडौँ र ललितपुरबाहेक देशभर ७५ जिल्लामा पुगेको छ । वोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले यही आर्थिक वर्षभित्र बाँकी दुई जिल्लामा पनि कार्यक्रम शुरु गर्ने तयारी गरिएको बताएका छन् ।

यसका साथै बुधवारदेखि नै वोर्डले स्वास्थ्य बीमा कार्यक्रम नागरिक एपमा पनि हेर्न र डाउनलोड गर्न सकिने गरी सेवा शुरु गरेको जानकारी दिएको छ ।

२०७२ चैत २५ गते कैलाली, इलाम र बागलुङबाट सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु भएको थियो । यसअघि यस कार्यक्रममा ६९ जिल्लाबाट ३७ लाख ४२ हजार जना सहभागी भइसकेको वोर्डले जानकारी दिएको छ ।