काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी सोमपाल कामी जनसेवाश्री सम्मान (प्रथम श्रेणी) विभूषणबाट सम्मानित भएका छन् । उनलाई शुक्रबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदकबाट सम्मान गरेकी हुन् ।


ADVERTISEMENT


नेपाल सरकार, गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा सोमपाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो । यद्दपी कोरोना भाइरस (कोभिड–१९)का कारण सम्मान समारोह हुन पाएको थिएन ।


ADVERTISEMENT

# # #


पदक पाएपछि सोमपालले आफूलाई गर्व महसुस भएको बताएका छन् । उनले भनेका छन् , ‘खेलकुदका माध्यमबाट देशको प्रतिष्ठालाई उचाईंमा पुर्याउन मैँले दिएको योगदानको मूल्याङ्कन भएकोमा आभारी छु । म सबै प्रशंसकप्रति आभारी छु, जसले मलाई सँधैं स्वीकार गरे । म सँधै मेरो परिवार र साथीहरू प्रति ऋणी छु, जो सँधै मेरो साथमा उभिए ।’

सन् २०१४ मा युएईविरुद्ध नेपालका लागि डेब्यू गरेका २५ वर्षीय सोमपालले नेपालका लागि ६ वटा एकदिवसीय, २८ वटा टी–२० अन्तर्राष्ट्रिय तथा ४५ वटा लिस्ट ए खेल खेलेका छन् । उनको नाममा टी–२० अन्तर्राष्ट्रियमा १०औँ नम्बरमा आएर सर्वाधिक रन बनाउने कीर्तिमान समेत रहेको छ ।

सोमपालले उक्त रकर्ड सन् २०१४ मा हङकङविरुद्ध बनाएका छन् । जसमा उनले १०औँ नम्बरमा ब्याटिङमा आएर ४० रन बनाएका थिए ।