काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्र सहमत भएको छ ।


ADVERTISEMENT


शुक्रवार बुढानिलकण्ठमा देउवाले आफ्नै निवासमा बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र देव गुरूङ सहमत भएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त बैैठकमा देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेका थिए । जसपाका नेताहरु बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए। जसपाले भने पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय मागेको छ ।

शुक्रवार काँग्रेसका तर्फबाट देउवाले नयाँ सरकार बनाउनका लागि औपचारिक रुपमा पहिलोपटक बैठक राखेकोमा बैठक अर्को बैठक छिटै बस्ने गरी आधा घण्टामै बैठक सकिएको थियो।