काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।


ADVERTISEMENT


शनिवार गृहजिल्ला तनहुँमा आयोजित एक कार्यक्रममा उनले काँग्रेसभित्रको कुनै विवाद नभएको बताउँदै सरकारले जनमतको दुरुपयोग गरेकाले सत्तालाई अपदस्त गरेर नयाँ विकल्प देशलाई दिने तयारी गरिएको उनले बताए ।


ADVERTISEMENT

# # #


शुक्रवार नयाँ सरकार गठनका लागि काँग्रेस सभापति देउवाले आफ्नो निवास बालुवाटारमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताबीच छलफल गरेका थिए । उक्त छलफलमा देउवाको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र तयार भएपनि जसपाले केही समय माग गरेको थियो ।

जसपाको निर्णय आउन बाँकी रहेको बताउँदै पौडेलले जसपाले साथ दिने देउवाको नेतृत्वमा सरकार बन्ने बताए ।