अर्घाखाँची – सन्धिखर्क ७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन्।


ADVERTISEMENT

# # #


सो अवसरमा सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताए। नगर प्रमुख भुसालले कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने भन्दै गरिबी वितरण गरिएका बाख्राहरु राम्रोसँग पालनपोषण गरेर राम्रो आम्दानी लिन आग्रह गरे ।