काठमाडौँ – सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड भ्रष्टाचारको अभियोग लागेको प्रधानमन्त्री निकट पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई सार्वजनिक लेखा समिति सदस्यमा नियुक्त गरिएको छ ।


ADVERTISEMENT


प्रतिनिधि सभाअन्तर्गत मन्त्रालय, विभाग र अन्तर्गतका निकायको सार्वजनिक लेखा सँग सम्बन्धि नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अरू यस्तै क्रियाकलापको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने संस्थाका रुपमा रहेको समितिमा एमाले संसदीय दलको सिफारिसमा बास्कोटालाई सदस्यको जिम्मेवारी दिइएको हो ।


ADVERTISEMENT

# # #


सेक्युरिटी प्रेख खरिद प्रकरणमा बास्कोटाले ७० करोड घुसको डिल गरेको अडियो नै सार्वजनिक भएको थियो । उक्त अडियोपछि विवादित बनेपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

बास्कोटाले मन्त्रीबाट राजीनामा दिएकै दिन सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी भन्दै नक्कली सिँहदरबारभित्र मन्त्रालयबाटै कागजपत्र गायप पारियो । तथापि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले बास्कोटाको अडियो नक्कली भएको भन्दै बचाउ गरे । प्रधानमन्त्रीका प्रिय पात्र बास्कोटालाई ओली ले नै संरक्षण गरेका कारण अनुसन्धान अघि बढ्न नसकेको आरोप लाग्दै आएको छ ।

यस्तै, ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतमलाई पनि लेखा समिति सदस्यमा राखिएको छ । स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीलाई ठेक्का दिइएको विषयमा उपप्रधानमन्त्री पोखरेल, तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतका उच्च पदस्थ व्यक्ति विवादमा तानिएका थिए । यो प्रकरणमा पनि लेखा समितिले अनियमितता औंल्याएर थप छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।