काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ लाई सरकारले निरर्थक हुन नदिएको बताएका छन्।


ADVERTISEMENT


नयाँ वर्ष २०७८को अवसरमा आज सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोनाभाइरसको महामारी र राजनीतिक अस्वस्थताका बाबजुद् सरकारले वर्ष २०७७ लाई निरर्थक हुन नदिएको बताए ।


ADVERTISEMENT

# # #


वर्षको सबैभन्दा ठूलो उपलब्धिका रुपमा मेलम्चीको खानेपानी काठमाडौँ पुग्नु भएको बताउँदै उनले असाधारण र दूरगामी प्रभाव पार्ने काम सरकारले गरेको बताए । उनले भने, ‘२०७७ साल राजनीतिक, आर्थिक र सामाजिक कुनै हिसाबले असफलताको वर्ष होइन ।’