काठमाडौँ – लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका पुरानो बसपार्कनजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ वटा पसलमा काठमाडौं महानगरपालिकाले सिल गरेको छ ।


ADVERTISEMENT


मो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि पसल खाली नगरेपछि बिहीबार सिलबन्दी गरिएको काठमाडौं महानगरले जनाएको छ । विगत सात–आठ वर्षदेखि नै बिना टेन्डर बसिरहेको र कुनै सम्झौता नभएका कारण पटक पटक पसल खाली गर्न ताकेता गर्दा पनि खालि नभएकाले बलपूर्वक पसल खाली गनुपरेको महानगरले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


यता व्यापारीहरुले भने छोटो समयको सूचनाका आधारमा पसलमा सिल गर्नु उचित नभएको बताए । आफुहरुको रोजीरोटीको जिम्मा सरकारले लिनुपर्ने भन्दै उनीहरुले यस विषयमा सरकार मौन रहन नहुने बताए ।

पसल सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई नियन्त्रणमा समेत लिइएको छ ।