काठमाडौँ – शनिबारदेखि काठमाडौँमा सुरु हुने नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याण्डका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अहमत फेजले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक नेपाल र नेदरल्याण्ड भिड्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाएको बताए । टिकट काट्ने व्यवस्था डिजिटल रुपमा गरिएको र मास्क लगाउने, मैदान, गाडी लगायत पनि सेनिटाइज गर्ने उनले बताए ।

कोरोना भाइरस ( कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै खेल हेर्नका लागि सीमित दर्शकलाई मात्रै अनुमति दिइने भएको छ । यद्दपी कति संख्यालाई मात्रै अनुमति दिने भन्ने कुरा भने टुंगो नलागेको क्यानका महाप्रबन्धक रौनक मल्लले बताए ।

खेल तालिका
वैशाख ४ गते शनिबार (१७ अप्रिल) नेपाल विरुद्ध नेदरल्याण्ड दिउँसो १:१५ देखि
वैशाख ५ गते आइतबार (१८ अप्रिल) नेदरल्याण्ड विरुद्ध मलेसिया दिउँसो १२ः१५ देखि
वैशाख ६ गते सोमबार (१९ अप्रिल) नेपाल विरुद्ध मलेसिया दिउँसो १:१५ देखि
वैशाख ७ गते मंगलबार (२० अप्रिल) नेदरल्याण्ड विरुद्ध नेपाल दिउँसो १:१५ देखि
वैशाख ८ गते बुधबार (२१ अप्रिल) मलेसिया विरुद्ध नेदरल्याण्ड दिउँसो १२ः१५ देखि
वैशाख ९ गते बिहीबार (२२ अप्रिल) मलेसिया विरुद्ध नेपाल दिउँसो १:१५ देखि
वैशाख १० गते शुक्रबार (२३ अप्रिल) रेस्ट डे
वैशाख ११ गते शनिबार (२४ अप्रिल) फाइनल दिउँसो १:१५ देखि

नेदरल्याण्डको टोली
पिटर सिलर (कप्तान), टोवियस विसे, म्याक्स उड, वेन कूपर, वास डि लीड, विक्रमजित सिंह, स्कट इड्वार्डस्, फिलिप बोइसेवेइन, पउल भान मीकेरिन, भिभियन किग्मा, आर्यन दुत्त, सेवास्टियन ब्राट, टोनी स्टाल र जुलियन डी मे ।

मलेसियन टोली
अहमत फेज (कप्तान), विरन्दीप सिंह (उपकप्तान), शेयद अजिज, सर्विन अल मुनाइडी, मोहम्मद अनवर विन अरुद्धिन, मोहम्मद सिफकि विन सरिफ, ऐनूल हाफिज, अमिनुद्धिन राम्लि, मोहम्मद अनवर वि ए रहमान, स्याज्रुल इद्रुस, मोहम्मद अफिक जर्वानी, पवनदीप सिंह, मोहम्मद पित्री शाम, खिजार हायात र धिवेन्द्रन मोगान ।