काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् ।


ADVERTISEMENT


ओलीले शुक्रवार प्रचण्डलाई फोन गरेका थिए । ओलीले बालुवाटारमा भेट्न बोलाएपछि प्रचण्डले सिँहदरबारमा भेटौँ भन्ने प्रस्ताव राखेका थिए । तर ओलीले पछि सर्वदलीय बैठक डाकेकोमा सर्वदलीय बैठक बालुवाटारमा डाकिएको भन्दै प्रचण्डले नजाने निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले बिहाना ११ बजे कोरोना र समसामयिक विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक डाकेका छन् ।