काठमाडौँ – कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ यूके भेरियन्टको कोरोना छिटो फैलिन सक्ने भएकाले विद्यालय जोखिमको क्षेत्र भएको भन्दै बन्द गर्न सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले अनलाइन कक्षा वा अन्य विकल्प अपनाउन निर्देशन दिन सरकारलाई सिफारिस गरेको हो ।


ADVERTISEMENT


सरकारले यसअघि नै कोरोनाको उच्च जोखिम भएको भन्दै १४ जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा वर्गिकरण गरिसकेको छ । सरकारले अति प्रभावित जिल्लाका रुपमा वर्गिकरण गरेको काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर,मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङ र कैलाली गरी १४ जिल्लासहित सहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीले सिफारिस गरेको हो । सीसीएमसीले बैसाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेपनि परीक्षा निर्धारित समयमै गर्नुपर्ने र तिबाहेकका जिल्लामा स्थानीय तहलाई बन्द गर्ने/नगर्ने निर्णय गर्न दिइने निश्कर्ष निकालेको छ । कोरोनाको जोखिम उच्च भएकाले अनलाइनमार्फत पठनपाठन गराउन अपील गरिएको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै उक्त बैठकले डान्सबार र क्लब पूर्ण रुपमा बन्द गर्नुपर्ने निश्कर्ष निकाल्दै रेष्टुराँ एवं होटलहरू भने राति ९ बजेसम्म संचालन गर्न दिने निश्कर्ष निकालेको छ।