काठमाडौँ – सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को वैठकले कोरोनाले अति प्रभावित १४ जिल्लासहितका सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


कोरोना संकट नियन्त्रण तथा उपचार केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले सरकारलाई बैसाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसलाई स्वीकृत गर्दै मन्त्रिपरिषद्ले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सरकारले अन्य जिल्लामा भने स्थानीय तहलाई नै जोखिमको अवस्था हेरेर विद्यालय बन्द गर्ने/नगर्ने निर्णय गर्न दिने अधिकार दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।